पौडी सिक्न गएका बालकको डुबेर मृत्यु

२६ असार- काठमाडौँ, पौडी सिक्न गएका एक बालकको डुबेर मृत्यु भएको छ ।

एक होटलको पौडी पोखरीमा तालिम गर्न गएका वीरगञ्ज महानगर–११ रानीघाटका नौ वर्षे बालक बजरङ्गी रौनियारको मृत्यु भएको छ ।

होटलको तेस्रो तल्लामा रहेको स्वमिङ पुलमा डुबेर अचेत भएका बालकलाई नारायणी अस्पताल भर्ना गरिएको थियो ।
अस्पतालले बुधबार बेलुका बालकको मृत्यु भएको जनाएको छ ।

प्रशिक्षक र जीवन रक्षकलाई निगरानीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्