अमेरिकबाट थप दुई नेपालीलाई निष्काशन गरिए

२५ असार- काठमाडौं, अमेरिकाले गैरकानुनी तरिकाले बस्दै आएका थप दुई नेपालीलाई निष्काशन गरेको छ । उनीहरूलाई अमेरिकी अध्यागमनले निष्काशन गरेकोछ ।

निष्काशन गरिनेमा रेशमबहादुर केसी र गविन्दराज वली छन् । उनीहरूलाई कतार एयरायन्सको विमानबाट नेपाल फर्काइएको हो । ् वलीलाई बुधबार र केसीलाई गत २१ गते काठमाडौं फर्काइएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रावसन नीतिमा कडाइ गरेसँगै गैरकानुनी रूपमा बसोबास गर्ने नेपालीहरू लाई अमेरिकाले धमाधम निष्कासनमा गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्