२५ असार- म्याग्दी, आज दिउँसो मालिका गाउँपालिका–३ लुप्सीपारमा गएको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्।
पहिरोमा पुरिएर लुप्सीपारका ३५ वर्षीय जगेन्द्र विकको मृत्यु भएको हो भने निजका छोरा अन्दाजी १३ वर्षका सरोज विक बेपत्ता रहेका छन।
घर नजिकैको बारीको पाखामा घाँस काट्ने क्रममा अचानक माथिबाट पहिरो खसेर दुवैलाई पुरेको थियो। बेपत्ताको खोजीका लागि जनप्रतिनिधि, स्थानीयवासी र इलाका प्रहरी कार्यालय दरवाङको सुरक्षाकर्मीको टोली घटनास्थलमा खटिएको छ।
प्रतिक्रिया दिनुहोस्