२४ असार- काठमाडौं, प्रहरीले १ अर्ब क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललितपुर महानगरपालिका(२ सानेपा कालोपुलबाट दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको विहार मोतिहारीका रूपेशकुमार गुप्ता र विपिन कुमार छन्।
उनीहरूले अवैध हुण्डी कारोबार गरेको तथा क्रिप्टोको कारोबार गरेको भन्ने सूचना सिआइबीले पाएको थियो। रूपेशले संचालन गरेको राजतीर्थ ट्रेडर्स नामको किराना पसलको नाममा क्रिप्टोको कारोबार गरेको पाइएको हो।
प्रहरीले उनीहरूबाट पाँच वटा मोबाइल, आठ लाख २० हजार नेपाली रुपैयाँ, १० हजार सिसिटिभी डिभिआर, एउटा कस्तुरीको वीणा पनि बरामद गरेको छ।
उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
प्रतिक्रिया दिनुहोस्