वडा अध्यक्षलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित पक्राउ

akhatiyar

२३ असार- रुपन्देही, रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष जनार्दन यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित पक्राउ गरेको छ ।

यादवलाई रुपन्देहीको सिद्र्धानगर नगरपालिका वडा नम्बर ९ बाट नियन्त्रणमा लिइएको हो । यादवले सिद्र्धानगर नगरपालिका वडा नम्बर ९ गणेश ट्रेडिङ्गका संचालक विपिन कुमार पाण्डेयलाई सेवाग्राहीबाट तीन लाख रुपैयाँ लिन लगाएका थिए । अख्तियारको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले पाण्डेयलाई पनि नियन्त्रणमा लिएको छ ।

 

योजनाहरूको निर्माणपछि भुक्तानी सिफारिसका क्रममा वडा अध्यक्ष यादवले सेवाग्राहीसँग घुस मागेको र सो रकम पाण्डेयमार्फत लिएको खख्तियारले जनाएको छ ।

 

पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्