निकुञ्जको अतिक्रमित क्षेत्रमा नेपाली सेनाको सुरक्षा पोष्ट स्थापना

२३ असार- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अतिक्रमित क्षेत्रमा नेपाली सेनाले सुरक्षा पोष्ट स्थापना गरेको छ ।

भारततर्फका स्थानीयले अतिक्रमण गरेर खेती गरिरहेको निकुञ्जको क्षेत्रमा राष्ट्रिय निकुञ्ज कार्यालय र सेनाको संयुक्त सुरक्षा पोष्ट स्थापना गरेको छ ।

नेपाल–भारत सीमास्तम्भ २७ र २८ को बीचमा गत जेठको पहिलो साता पोष्ट स्थापना गरिएको हो । सीमास्तम्भ २७ र २८ को बीचको सहायक सीमास्तम्भ हराएका कारण सेनाले पोष्ट स्थापना गरेर गस्ती सुरु गरेको छ।

उक्त क्षेत्रमा करिब नौ सय बिघा जमिन अतिक्रमण भएको निकुञ्जको अनुमान छ । बर्खामा निकुञ्जमा डुबानसँगै बाटो र पुलको समस्याले सबै ठाउँमा गस्ती गर्न कठिन हुने गरेको छ ।

हाल निकुञ्जको सुरक्षामा नेपाली सेना र राष्ट्रिय निकुञ्ज कार्यालयका पन्ध्र वटा संयुक्त सुरक्षा पोष्ट छन् भने सेनाका छुट्टै तीन वटा पोष्टबाट निकुञ्ज क्षेत्रमा सुरक्षामा सेना खटिएको छ ।

प्रतिक्रिया दिनुहोस्