स्रोत नखुलेको रकम सहित पक्राउ

२३ असार- मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट स्रोत नखुलेको भारतीय २ लाख ३२ हजार ५ सय रूपैयाँ सहित भारत बिहार जोगवनी-४ बस्ने २६ वर्षीय मोहमद हविबलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्