जलेर घाइते भएकी महिलाको मृत्यु, पतिको उपचार जारी

 

२३ असार- काभ्रे, ग्यास लिक हुँदा जलेर घाइते भएकी महिलाको मृत्यु भएको छ।

५१ वर्षकी चञ्चली शाही आफ्नै भान्साको ग्यास लिक हुँदा जलेर गम्भीर घाइते भएकी थिइन, उनको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको हो।

असार १७ गते बिहान भान्साकोठामा ग्यास लिक भई सुरुमा चञ्चलीको जिउमा आगो सल्किएको थियो। त्यसपछि उनलाई बचाउन खोज्दा उनका पति ५१ वर्षका हेमराज शाही पनि घाइते भएका थिए।

पहिले शिर मेमोरियल अस्पताल बनेपा ल्याइएका दुवै जनालाई थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल रेफर गरिएको थियो।

तर चञ्चलीको उपचारका क्रममा सोमबार बिहान २ः४५ बजे मृत्यु भएको हो।

पति हेमराजको उपचार भई रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्