२३ असार- काठमाडौँ, गोंगबुस्थित नयाँ बसपार्कमा भारतीय नागरिकलाई लुटपाट गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
ठमेलबाट ‘होटल खोज्न सहयोग गर्छौं’ भनेर दुई जना भारतीयलाई नयाँ बसपार्कमा लगेर आरोपीहरूले लुटपाट गरेका हुन् ।
पक्राउ पर्नेमा काभ्रेको नमोबुद्ध घर भएर सोह्रखुट्टे बस्ने २२ वर्षीय पासाङ तामाङ, २५ वर्षीय किरणकुमार मोक्तान र २८ वर्षीय नीलकुमार तामाङ छन् ।
अपरिचित भारतीयहरूलाई उनीहरूले नयाँ बसपार्कस्थित ध्रुबतारा कम्प्लेक्सको छैटौँ तलामा लगेर कुटपिट गरेर लुटेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरूमाथि जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्