विद्युतीय चुरोट (भेप) ल्याएको आरोपमा एक जना पक्राउ

२२ असार- काठमाडौं, अवैध रुपमा विद्युतीय चुरोट (भेप) ल्याएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

काभ्रेपलाञ्‍चोकको पनौती नगरपालिका ११ स्थायी घर भई हाल भक्तपुर बस्दै आएका २८ वर्षीय विशाल तामाङ पक्राउ परेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई ४ हजार ८३० वटा भेपसहित पक्राउ गरेको हो । प्रहरीले बा ९ च ८७३४ नम्बरको भ्यान समेत बरामद गरेको छ ।

प्रहरीले तामाङलाई लोकन्थलीस्थित उनकै कोठाबाट पक्राउ गरेको हो ।

 

थप अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, ललितपुरमा पठाइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्