२२ असार- काठमाडौं, नेपाल चिकित्सक संघले आइतबार उपभोक्ता अदालतले चिकित्सकीय त्रुटि माथि सुनाएको क्षतिपूर्तिको फैसला प्रक्रियामै त्रुटि रहेको जनाउँदै अस्पतालभित्रै धर्ना दिएर विरोध प्रदर्शन गरेका छन । उनिहरु शुक्रवारदेखि नै विभिन्न खालको असहमति जनाउँदै विरोधमा छन।
सबैजसो अस्पतालमा कार्यरत चिकित्सकले आ–आफ्नो अस्पताल हातामा एक घण्टा धर्ना दिएका छन । शुक्रवार हातमा कालोपट्टि बाँधेर सेवा प्रदान गरेका थिए ।
अदालत र नेपाल काउन्सिलको कानुनी प्रक्रियामा एक रुपता हुने गरी सम्बोधन नआएसम्म विरोध जारी राख्ने भन्दै संघले शुक्रवार थप विरोध कार्यक्रम घोषणा गरेको थियो । सो कार्यक्रम अन्तर्गत असार २३ गते देशभरका अस्पतालहरुमा आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गर्ने,चिकित्सकको हस्ताक्षर संकलन गरी केन्द्रीय कार्यालय काठमाडौंमा पठाउने र सबै चिकित्सकले अनुमति प्रमाणपत्र नेपाल मेडिकल काउन्सिलमा बुझाउने कार्यक्रम रहेको छ ।
गत चैतमा बनेको उपभोक्ता अदालतले पालै सँग अस्पताल र चिकित्सक माथि उपचारमा लापरबाही ठहर भएको भन्दै क्षतिपूर्तिको फैसला गरेपछि संघले आपत्ति प्रकट गरेको हो ।
प्रतिक्रिया दिनुहोस्