२२ असार- काठमाडौं, भारतबाट सात जना बालकको उद्धार गरेर उनीहरूको परिवारको जिम्मा लगाइएको छ ।
जनकपुरधाममा रहेको बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्रले भारतबाट उद्धार गरी नेपाल ल्याइएका बालकहरूलाई अभिभावकको जिम्मा लगाइएको छ ।
तीन महिनाअघि भारतको चेन्नइमा काम गर्नका लागि जाने क्रममा भारत विहारको मुजफ्फरपुर रेल्वे स्टेशन पुगेका ती बालकलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएर सोही ठाउँको बाल कल्याण समितिको जिम्मा लगाएको थियो । उनीहरूलाई कानुनी प्रक्रिया पूरा गरेर उद्धार गरी शुक्रबार नेपाल ल्याइएको बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र धनुषाका प्रदेश समन्वय अधिकृतले जानकारी दिए ।
भारतबाट उद्धार गरेर ल्याइएका बालकहरूमा सर्लाहीका तीन तथा महोत्तरीका चार रहेका छन् । उनीहरू कामको खोजीका क्रममा भारत पुगेका थिए ,।
प्रतिक्रिया दिनुहोस्