२२ असार- दाङ, गढवा गाउँपालिका- ६ खवारीबाट शनिबार मध्यराति १ बजेतिर पाटेबाघको छालासहित प्रहरीले तीन जनालाई छालासहित पक्राउ गरेको छ।
पाटे बाघको छालाको किनबेच हुन लागेको भन्ने सूचना वडा कार्यालय लमहीले सूचना पाएको थियो। उक्त सूचनापछि वडा कार्यालय र इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बम र वडा प्रहरी कार्यालय लमहीका प्रहरीको संयुक्त टोली खटिएको थियो।
उक्त टोलीले करिब ९ फिट २ इन्च लामो र दुई फिट ३ इन्च चौडाइको बाघको छाला बरामद गरेको छ। छालासहित खवारीका ४१ वर्षीय विक्रम बुढामगर, राजपुर(१का ५३ वर्षीय केशवराज सेन ठकुरी र बर्दियाका ३३ वर्षीय अनिल थारू रहेका छन्।
पक्राउ परेकाहरूलाई वडा प्रहरी कार्यालय लमही राखिएको छ।
थप अनुसन्धानका लागि छालासहित डिभिजन वन कार्यालय, लमहीमा बुझाउने तयारी भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्