अमेरिकामा सामुहिक गोलीकाण्डमा एक किशोरको मृत्यु

२२ असार- अमेरिका, इन्डियानापोलिस शहरमा शनिवार बिहान भएको सामूहिक गोलीकाण्डमा एक किशोरको मृत्यु भएको छ ।

साथै उक्त घटनामा छ जना घाइते भएका छन्। घटना बिहान करिब १ः२७ बजे भएको घटेको थियो ।

 

मृत्यु हुनेसहित तीन जना पीडितहरू किशोर रहेकि छन्। घाइतेहरूको अवस्था र उमेर भने सार्वजनिक गरिएको छैन। घटनापछि प्रहरीले सात जना शंकास्पदलाई पक्राउ गरेको छ। घटनास्थलबाट थुप्रै हतियार बरामद गरिएको छ।

 

एक जनाको घटनास्थलमै मृत्यु भएको छ । पाँच घाइतेलाई तुरुन्तै अस्पताल पुर्‍याइएको छ भने अर्का एक जनालाई स्थिर अवस्थामा चिकित्सकीय सुविधा दिइएको छ।

प्रतिक्रिया दिनुहोस्