२० असार- पाकिस्तान, शुक्रबार पाँच तले भवन भत्किँदा कम्तीमा छ जनाको मृत्यु भएको छ ।
सौ उक्त घटनामा अन्य छ जना घाइते भएका छन् । घटना बिहान १० बजेपछि कराँचीको लियारी इलाकामा भएको हो । भवनमा करिब २० परिवार बस्दै आएका थिए ।
स्थानीय प्रहरीले छ जनाको शव निकालिएको र छ जना घाइतेको उद्धार गरिएको बताएको छ ।
भवनमा १०० जनासम्म बस्दै आएका भएपनि कतिपय कामको शिलशिलामा बाहिर रहेका छन ।
प्रतिक्रिया दिनुहोस्