रोमको पेट्रोल पम्पमा भीषण विस्फोट, कम्तीमा ३० जना घाइते

२० असार- इटाली, राजधानी रोमको एक पेट्रोल पम्पमा शुक्रबार भएको भीषण विस्फोटमा परी कम्तीमा ३० जना घाइते भएका छन् ।

उक्त विस्फोटमा नौ जना कानून प्रवर्तन अधिकारीसहित अन्य २१ जना घाइते भएको र तीमध्ये एकको अवस्था गम्भीर रहेका छन।

स्थानीय समयअनुसार बिहान ८ः२० बजे भएको विस्फोटपछि छिमेकी भवनहरू खाली गराइएको थियो । बच्चाहरूलाई पहिल्यै सुरक्षित स्थानमा लगिएको कारण धेरै मानवीय क्षति हुन पाएन ।

इन्धन भर्ने क्रममा ग्यास चुहिएपछि आगो लागेको थियो । घटनास्थलमा आपतकालीन सेवाहरू तत्काल पुगेका र विस्फोट हुँदा उद्धार कार्य जारी थियो ।

 

अनलाइनमा शेयर गरिएको मोबाइल फोन फुटेजमा आकाशमा ठूलो आगोको गोला खसेको र त्यसपछि पूर्वी रोमको प्रेन्सटिनो क्षेत्रमा कालो धुवाँ फैलिएको देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्