१९ असार- काठमाडौं, बूढानीलकण्ठ नगरपालिका-१३ भद्रकालीबाट मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन।उनलाई लाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका हुन ।
पक्राउ पर्नेमा ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका १ घर भई काठमाडौंको चुनिखेल बस्दै आएका २६ वर्षीय सन्देश राई रहेका छन् ।
बागमती प्रदेश ०२-०३५ प ६५ ४८ नम्बर रहेको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०३४ प ३८ १३ राखि राईले चलाइरहेको अवस्थामा ट्राफिक प्रहरीले फेला पारी नियन्त्रणमा लिएका हुन ।
उक्त मोटरसाइकल सिन्धुपाल्चोक घर भएका राजेन्द्र अधिकारीले काठमाडौंको मण्डिखाटारबाट हराएको भनि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए । मोटरसाइकलसहित नियन्त्रणमा आएका राईलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ।
प्रतिक्रिया दिनुहोस्