१९ असार- काठमाडौं, आज दुई स्थान सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ साथै रौतहटमा पनि करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
सप्तरीको बोदेबरसाइन नगरपालिका-९ बस्ने ३५ वर्षीय राज कुमार साहको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ ।
खेतमा विद्युतीय मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ
साथै रौतहटको फतुवा विजयपुर नगरपालिका-२ शितलपुर बस्ने ३० वर्षीय रोहित साह सोनारको करेन्ट लागेर बिहीबार बिहान नै मृत्यु भएको छ ।
आफ्नै खेतमा विद्युतीय मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैया बारामा उपचारको क्रममा मृत्यु प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्