१९ असार- काठमाडौं, गायिका एलिना चौहान र समीक्षा अधिकारीमाथि सामाजिक सञ्जालमा भद्दा कमेन्ट गरेको आरोपमा कवि गुञ्जन राई पक्राउ परेका छन ।
कवि गुञ्जन राईलाई भद्दा कमेन्ट गरेको विरुद्ध अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि ३ दिनको अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतले उनलाई ३ दिनको म्याद थपको अनुमति दिएको प्रहरीले विज्ञप्तिमार्फत जानकारी दिएको छ । उनलाई दरबारमार्ग प्रहरी बृत्तको हिरासतमा राखिएको छ ।
उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्