क्रिप्टो कारोबार तथा ठगीमा संलग्न ५२ जना पक्राउ

१८ असार- काठमाडौं, क्रिप्टो कारोबार तथा ठगीमा संलग्न आरोपमा आज ५२ जना पक्राउ परेका छन ।

 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललितपुर महानगरपालिका–४ स्थित दमकल चोकमा भाडामा लिएको घरमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो ।

चिनियाँहरूले कल सेन्टर र सफ्टवेयर कम्पनी सञ्चालन गर्ने नाममा सो घर भाडामा लिएका हुन् । प्रहरीले काठमाडौँको चागलमा पनि उनीहरूले सञ्चालन गरेको कार्यालयमा छापा मारेर ठगीमा प्रयोग गरिएको डिभाइस बरामद गरेको छ ।

 

आरोपीहरूको साथबाट स्रोत नखुलेको १३ लाख नगद पनि बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्