बाँकेमा श्रीमती बचाउन गएका जैसीको करेन्ट लागेर मृत्यु

१८ असार- बाँके, बैजनाथ गाउँपालिका-२ कलरामपुर स्याली गाउँ बस्ने ७३ वर्षीय खड्कलाल जैसीको करेन्ट लागेर मृत्यु भएको छ । उनको बुधबार बिहान मृत्यु भएको हो ।

आफ्नै घरको हेण्ड पम्पको मोटरबाट पानी तान्ने क्रममा उनको श्रीमतीलाई करेन्ट लागेको देखी बचाउन जाने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

साथै करेन्ट लागेर घाइते भएकी जैसीको श्रीमतीलाई उपचारको लागि मेडिकल कलेज कोहलपुरतर्फ लगिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्