१८ असार- काठमाडौँ, नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार ३४.४२ अङ्कले बढेको छ।
आज नेप्से २ हजार छ सय ९४ दशमलव ८२ को विन्दुमा रोकिएको छ।
बुधबार ३ सय १७ कम्पनीको ३ करोड १ लाख ८२ हजार ३४१ कित्ता शेयर ८९ हजार ४६८ पटक खरिदबिक्री भएको थियो भने ९ अर्ब ७४ करोड ४८ लाख ४३ हजार ३७५ रुपैयाँ बराबरको कारोबार भएको छ।
बुधबार सबै समूहको उपसूचक बढेको छ ।
प्रतिक्रिया दिनुहोस्