बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

१८ असार- काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बुढानिलकण्ठ नगरपालिका-८ गल्फुटार बस्ने तनहुँ व्यास नगरपालिका-१० शान्तिनगर घर भएकी ५२ वर्षीया सरला न्यौपानेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत ललितपुरबाट २०८२ असार ४ गते उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बुढानिलकण्ठ नगरपालिका-८ गल्फुटार बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्