१८ असार- कैलाली, पानीको खाल्डोमा डुबेर बालकको मृत्यु भएको छ।
धनगढी उपमहानगरपालिका–१२ सि गाउँका राजु श्रेष्ठका ८ वर्षीय छोरा शिद्धार्थ श्रेष्ठ पानी जमेको खाल्डोमा खेल्ने क्रममा डुबेर गम्भीर घाइते भएका थिए त्यस लगतै उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो।
तर अस्पतालमा चिकित्सकको परीक्षणपछि शिद्धार्थलाई मृत घोषणा गरेका थिए। डुबेको स्थान घर नजिकै रहेको खाल्डो रहेको प्रहरीले जनाएको छ।
बालक खेल्ने क्रममा सो खाल्डोमा डुबेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रतिक्रिया दिनुहोस्