करेन्ट लागेर धनगढीमा एक महिलाको मृत्यु

१७ असार- कैलाली, धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका–१४ डि–गाउँकी ३० वर्षीया रुपा चौधरीको करेन्ट लागेर मृत्यु भएको छ।

सोमवार घरमा लुगा सुकाउने क्रममा बिजुलीको तारमा छुन पुगेपछि उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएकी चौधरीको कैलाली अस्पताल, धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो।

घटनाको विषयमा अनुसन्धान जारी रहेको नेपाल प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्