१७ असार- काठमाडौं, नेपाली कांग्रेसले निजामती विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा छेडखानी गरेर विश्वासघात गरेको बताएको छ ।
केन्द्रीय समितिको बैठक स्थल सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता डा। प्रकाशशरण महतले कुलिङ पिरियड राख्नुपर्छ भन्ने नै पार्टीको धारणा भएको बताएका छन ।
‘सर्वसम्मत समितिबाट कुलिङ पिरियड राखियो भनेर निर्णय गरियो भनियो, त्यही विश्वासमा सायद फुल हाउसमा माननीय सदस्य साथीहरूले बुँदागत रूपमा दफावार पढ्नुभएन । विश्वासघात भयो ।’ उनले भने
उनले पदको दुरुपयोग गर्नेहरूलाई छानबिनको दायरामा ल्याएर कारबाही गर्नुपर्ने बताएका छन ।
प्रतिक्रिया दिनुहोस्