१७ असार- विर्तामोड, विर्तामोड नगरपालिका–५ मा बहुअपाङ्गता भएका तिम्ल्याहा दिदीबहिनीले घरमै नागरिकता र अपाङ्गताको प्रमाणपत्र प्राप्त गरेका छन् ।
उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले उनीहरुलाई घरमै पुगेर अपाङ्गतासम्बन्धी ‘क’ वर्गको रातो कार्ड प्रदान गरिएका छन ।
तिम्ल्याहा दिदीबहिनी १७ वर्षीया आकृति लिम्बु, इक्सा लिम्बु र इन्तुसा लिम्बुले घरमै नागरिकता पाएका छन । उनिहरुमध्ये इन्तुसा ओछ्यानबाट आफैँ उठ्न नसक्ने अवस्थामा छिन ।
आमा मनकुमारी शेर्माले आफ्ना चार छोरी रहेका र उनिहरुको आफैँले स्याहार सुसार गरिरहेको बताए।
रातो कार्ड प्राप्त गरेसँगै उनिहरुले सरकारले प्रदान गर्दै आएको ‘क’ वर्गको अपाङ्गता भत्तासमेत पाउने नगरउपप्रमुखले बताएका छन । उनले तीनैजनाको उपचारसमेतमा सहयोग गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्