बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

१७ असार – काठमाडौं, बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-९ बस्ने ३६ वर्षीय सबिन महर्जन र काठमाडौं महानगरपालिका-७ बस्ने खोटाङ कोटेहाङ गाउँपालिका-८ घर भएका ४३ वर्षीय दिनेश थापा रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत काठमाडौंबाट २०८१ फागुन २६ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेका सबिनलाई काठमाडौं महानगरपालिका-१६ बनस्थलीबाट सोमबार पक्राउ गरेको हो । साथै सोही मुद्दामा फरार रहेका दिनेशलाई काठमाडौं महानगरपालिका-८ गुहेश्वरीबाट आइतबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ मध्ये सबिनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त महाराजगंज पठाइएको छ भने दिनेशलाई प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्