१६ असार- कैलाली, कैलालीमा सर्पको टोकाइबाट एक व्यक्तिको आज मृत्यु भएको छ ।
गोदावरी नगरपालिका–१२ का ४३ वर्षीय रामबहादुर बुढाको मृत्यु भएको हो । बुढालाई आज बिहान आफ्नै घर अगाडि नचिनेको सर्पले दाहिने खुट्टामा डसेको थियो । सर्पले टोकेपछि घाइते बुढालाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा उनको ज्यान गएको हो ।
यसै गरी, चट्याङ लागेर धनगढी उपमहानगरपालिका–१९ लल्लीपुरका ६६ वर्षीया गुलियादेवी चौधरी घाइते भएकी छन । उनको दाहिने खुट्टा, हात, ढाडमा चोट लागेको जनाइएको छ । घाइते चौधरीको धनगढीमा उपचार भइरहेको छ ।
-गोरखापत्र
प्रतिक्रिया दिनुहोस्