तमोर नदीमा नुहाउने क्रममा बगेर एक जना बेपत्ता

१६ असार – ताप्लेजुङ, एक युवा तमोर नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका छन् ।

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–३ निवासी २५ वर्षीय लाक्पा शेर्पा आज दिउँसो साढे १२ बजे फुङ्लिङ नगरपालिका–१ स्थित तमोर नदीमा नुहाउने क्रममा बगाएर बेपत्ता भएका छन ।

बेपत्ता शेर्पा सेवालुङ क्रसरमा ट्याक्टर चालकका रूपमा कार्यरत रहेको थिए। घटनापछि खोजतलासका लागि दोभान प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक ओमनारायण श्रेष्ठको नेतृत्वमा पाँच सदस्यीय टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्