१६ असार- नयाँ दिल्ली, तेलङ्गानाको संगारेड्डी जिल्लाको पसामिलाराम औद्योगिक क्षेत्रमा रहेको एक रिएक्टरमा विस्फोट हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ ।
सिगाची केमिकल्स कारखानामा भएको उक्त दुर्घटनामा करिब २० जना गम्भीर घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । दुर्घटनापछि त्यहाँ ठुलो आगलागीसमेत भएको छ ।
तेस दुर्घटनामा मृत्यु हुनेको संख्या अहिले नै खुलेको छैन ,्। बीबीसीले पनि अहिलेसम्म मृत्यु हुनेहरूको संख्या पुष्टि गरेको छैन ।
आगो नियन्त्रणको प्रयास भइरहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्