मनमैजुको एक होटलमा शव फेला

१५ असार- काठमाडौं, तारकेश्वर नगरपालिका–११ मनमैजुको एक होटलमा शव भेटिएको छ ।

मनमैजुस्थित आनन्द टोलमा रहेको राप्ती फेन्सी होटलमा एक पुरुषको शव भेटिएको छ। होटलको २०२ नम्बर कोठामा ३५ वर्षीय पुरुषको शव भेटिएको हो।

मृत भेटिएका व्यक्ति नुवाकोटको लिखु गाउँपालिका–५ घर भएका सम्पूर्ण गौतम रहेको प्रहरीले बताएको छ । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्