आफ्नै काकाले नाबालिका भतिजीको बलात्कार पछि हत्या

१५ असार-विराटनगर, मोरङको धनपालथान गाउँपालिका–५ मा शव फेला परेकी नाबालिकाको हत्या आफ्नै काकाले गरेको खुलेको छ।

बलात्कार गरेर भतिजीलाई मारेपछि घटना लुकाउन शव फालिदिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

बलात्कारपछि बालिकाको हत्या गरिएको घटनामा काका संलग्न रहेको घटनाको अनुसन्धान गरिरहेको प्रहरीले पत्ता लगाएको हो । हत्या गरेर फालेको अवस्थामा अक्षय सरदारकी छोरी ७ वर्षीया आत्तिका सरदारको शव शनिबार बिहान फेला परेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्