२१ वर्षपछि सासू आमाको हत्यारा पक्राउ

१२ असार – तानसेन, सासू आमाको हत्या पछि फरार भएका एक अभियुक्त २१ वर्षपछि पक्राउ परेका छन्।

गाउँपालिका–१ गुनडाँडाका ६६ वर्षीय पूर्णबहादुर सार्कीलाई जिल्ला प्रहरी कार्यालय पाल्पाले पक्राउ गरेको हो।

सार्कीले २०६१ असार १९ गते सोही ठाउँकी ५५ वर्षीया चिनिसरा सार्कीको हत्या गरी फरार भएका थिए। प्रहरीका अनुसार अदालतले पनि दोषी ठहर गरेका पूर्णबहादुर भारतमा लुकीछिपी बस्दै आएका थिए।

 

उनीमाथि थप अनुसन्धान कार्य अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्