सुन र चाँदीको मूल्य सामान्यरुपमा बढ्यो

१२ असार- काठमाडौं, आज नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य बढेको छ ।

अन्तराष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य बढेसँगै नेपालमा जनी आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा १ लाख ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ। हिजा बुधबार छापावाल सुन तोलामा १ लाख ९२ हजार रुपैयाँमा कारोवार भएको थियो।

यस्तै आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको हो । चाँदी बिहीबार २१ सय ७५ रुपैयाँमा कारोवार भएको छ भने हिजो बुधबार तोलामा २१ सय ४० रुपैयाँ रहेको थियो।

प्रतिक्रिया दिनुहोस्