१२ असार – नवलपरासी, बर्दघाट सुस्तापूर्वको मध्यविन्दु नगरपालिका–६ भण्डारमा सर्पले डसेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ४६ वर्षीया शान्ति डुम्रे रहेकी छन। उनलाई बुधबार राति सर्पले डसेपछि अस्पताल लगिएकामा उपचारको क्रममा मृत्यु भएको हो ।
बुधबार राति ९ बजेको समयमा घरमा भाँडा माझ्ने क्रममा दाहिने खुट्टामा सर्पले डसेपछि उपचारको लागि कालीगण्डकी अस्पताल कावासोती लगिएकोमा गएराति नै मृत्यु भएको थियो ।
कुन सर्पले डसेको हो प्रजाति पहिचान भएको छैन ।
प्रतिक्रिया दिनुहोस्