१२ असार- कैलाली, धनगढीमा एक जना बुधबार साँझ मृत भेटिएका छन्।
लम्कीचुहा नगरपालिका–१ का ८० वर्षीय नयाँराम जैशी बुधबार साँझ साढे ५ बजेतिर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। उनी आफ्नो भान्जा नाता पर्ने सोही ठाउँका ५५ वर्षीय बर्मा भण्डारीको आगनमा लडेको अवस्थामा मृत फेला परेका छन।
मृतकको शरीरमा बाहिरी चोटपटक देखिएको छैन। तर मामा र भान्जाबीच आर्थिक लेनदेनको कुरा जोडिएकाले अनुसन्धानका लागि भण्डारीलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ।
मृतकको शव भने घटनास्थलबाट उठाइएको छैन। उनका छोरा काठमाडौँबाट आइरहेका कारण शव नउठाइएको प्रहरीले जनाएको छ।
घटनाबारे अनुसन्धान जारी रहेको हो ।
प्रतिक्रिया दिनुहोस्