१२ असार- कञ्चनपुर, खैरो हेरोइन मुद्दामा फरार कञ्चनपुरका २ जना पक्राउ परेका छन्।
जिल्ला अदालत कञ्चनपुरको मिति २०८१ पुस ५ गतेको फैसलाले लागूऔषध ९खैरो हेरोइन० मुद्दामा १ महिना कैद सजाय तोकिएपछि फरार रहेका कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ मौरीफाँटा बस्ने २२ वर्षीय भरत रोकाया र सोही मुद्दामा ९ दिन कैद सजाय तोकिएको सोही ठाउँ वस्ने २७ वर्षका हरिश कुवर पक्राउ परेका छन।
यी दुबै जनालाई इलाका प्रहरी कार्यालय गुलरिया र अस्थायी प्रहरी पोष्ट गजरौला, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बुधवार उनीहरुकै घरबाट पक्राउ गरेको हो।
प्रतिक्रिया दिनुहोस्