११ असार- दैलेख, ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मङ्गलबार राति भैरबी गाउँपालिका–६ तीजडाँडा नजिकै ना।प्र०२–००१ त ५९१ नम्बरको ट्याक्टर दुर्घटना भएको छ ।
दुर्घटनामा परी नारायण नगरपालिका–१ कुइकानाका ईश्वर श्रेष्ठको मृत्यु भएको छ। भैरबी गाउँपालिका–६ तीजडाँडादेखि भैरबी गाँउपालिकातर्फ आउँदै गर्दा ट्याक्टर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालयका दैलेखका अनुसार दुर्घटनामा परी सामान्य घाइते भएका सहचालक भैरबी गाउँपालिका–४ का १९ वर्षीय सुन्दर बिष्टको उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्