मिस नेपाल २०२५ का लागि आवेदन खुला गरिएको छ ।

१० असार- काठमाडौं, यस पटक पनि मंगलवार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था दि हिडेन ट्रेजरले आफ्नो वार्षिकोत्सवको थप उत्सव स्वरुप प्रतीक्षित मिस नेपाल २०२५ का लागि आवेदन खुला गरिएको छ ।

मिस नेपाल २०२५ मा आवेदन दिने अन्तिम मिति २०८२ असार २६ गते २०२५ जुलाई १मा रहेको छ । देश–विदेशमा रहेका इच्छुक युवतीहरूलाई सहभागी हुन आवेदन दिन आह्वान गरिएको छ ।

मिस नेपाल २०२५ को ग्राण्ड फिनाले २०८२ भदौ १४ गते शनिवार २०२५ अगस्ट ३० गोदावरीस्थित सनराइज सन सेन्टरमा सम्पन्न हुने छ । यस भव्य कार्यक्रमले सौन्दर्य प्रतिभा उद्देश्य र गरिमाको मनमोहक प्रदर्शन गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्