इजरायली सरकारले गर्यो युद्धविराम प्रस्ताव स्वीकार , उल्लंघन गरेमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी

१० असार- इजरायल, इजरायली सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्तुत गरेको इरान(इजरायल युद्धविराम प्रस्ताव प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले विज्ञप्ति जारी गर्दै स्वीकार गरेको छ

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयबाट जारी गरिएको विस्तृत विज्ञप्तिमा भनिएको छ कि इजरायलले अपरेशन ‘राइजिङ लायन’ को सबै लक्ष्यहरू प्राप्त गरिसकेको छ, जसले अब यसलाई युद्धविराममा सहमत हुने आधार दिएको छ।

विज्ञप्तिमा इरानको आणविक र ब्यालिस्टिक खतरा अन्त्य गर्ने इजरायलको मुख्य उद्देश्य सफलतापूर्वक पूरा भएको पनि दाबी गरिएको छ ।

हिजो राति प्रधानमन्त्री नेतन्याहूले रक्षामन्त्री, इजरायली सेना प्रमुख र मोसादका प्रमुखसँग आपतकालीन मन्त्रिपरिषद् बैठक गरेका थिए । यस बैठकमा इरानको आणविक र ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रमको दोहोरो खतरा हटाइएको बताइएको छ।

इजरायली रक्षा बलले तेहरानको हवाई क्षेत्रमा पूर्ण नियन्त्रण स्थापित गरेको छ र दर्जनौं इरानी सैन्य नेतृत्व र सरकारी अड्डाहरूलाई लक्षित गरी ध्वस्त पारेको छ।

इजरायलले यस अभियानमा अमेरिका र राष्ट्रपति ट्रम्पले दिएको सहयोगको लागि कृतज्ञता व्यक्त गरेको छ।

सँगै, इजरायली सरकारले भनेको छ कि यदि कुनै पनि पक्षले युद्धविराम उल्लंघन गरेमा, इजरायलले बलियो र निर्णायक रूपमा प्रतिक्रिया दिनेछ।

प्रतिक्रिया दिनुहोस्