राति ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, आठ जना घाइते

९ असार-  मुगु, खत्याड गाउँपालिका–४ पैखुमा आइतबार राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने सोहि घटनामा आठ जना घाइते भएका छन् ।

माँझचौरबाट जिउगाँतर्फ जाँदै गरेको ज १ त ५११२ नम्बरको ट्याक्टर अनियन्त्रित भई करिब सातसय मिटर तल खसेको थियो । खत्याड–४ की ५२ वर्षीया शारदा थापाको घटनास्थलमै मृत्यु भएको हो ।

घटनामा चालकसहित अन्य सातजना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था मध्यम रहेको र प्रारम्भिक उपचारपछि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ ।

 

घटनाको जानकारी पाएपछि प्रहरी चौकी माँझचौर र इलाका प्रहरी कार्यालय रातापानीबाट प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार कार्यमा खटिएको थियो ।

हाल घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्