९ असार- रौतहट, रौतहटको चन्द्रनिगाहपुरमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
आज बिहान काठमाडौँ देखी भिठ्ठामोड महोत्तरीतर्फ जाँदै गरेको बा प्र ०१-००६ ख ५२१६ नं को बस अनियन्त्रित भई सात फिट दक्षिण साइडमा दुर्घटना हुँदा १० यात्रु घाइते भएका हुन ।
घाइते हुनेमा सात जना भारतीय नागरिक छन् । घाइते हुनेमा भारत सितामढीकी ४४ वर्षीय रेखादेवी राम, सोही ठाउँकी २२ वर्षीय जहदेवी झा, सोही ठाउँका ११ वर्षीय बिसुकुमार पटेल, मोहमद अकिल, ३८ वर्षीय नरगिस खातुन, दुई वर्षीय आयस प्रतीक रहेको छन ।
यसैगरी धनुषा जिल्ला सिरेश्वरनाथ-१ बस्ने वर्ष २३ को अनुष्का निगम, जनकपुर बस्ने वर्ष ३५ कि सन्तोषी ठाकुर र जलेश्वर-४ बस्ने ४३ वर्षीय पुनम ठाकुर पनि दुर्घटनामा परी घाइते भएको छन ।
घाइते सबैको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको र उनीशहरुको अवस्था समान्य रहेको छ । बसमा २५ जना सवार रहेकामा १० जना घाइते र अन्य १५ जना गन्तव्यतिर गएका छन। चालक भने फरार रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्