सर्पको टोकाइबाट एक बालिकाको मृत्यु

९ असार- सुर्खेत, जाजरकोटमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ।

भेरी नगरपालिका-६ गंगटेकी ११ वर्षीया दीक्षा शाहीको सुतिरहेको अवस्थामा सर्पले टोकेपछि मृत्यु भएको हो । समयमै उपचार नपुग्दा उनको ज्यान गएको हो ।

सर्पदंशका घटना हरेक वर्ष वर्षायाम सुरु भएलगत्तै बढ्ने गर्छन् । तर, गाउँघरमा उपचार सेवा र जनचेतनाको अभावका कारण अझै पनि यस्ता घटनाले ज्यान लिइरहेका छन् ।

एक स्थानीयले बताए अनुशारः सर्प नियन्त्रण, प्राथमिक उपचारको तालिम र जनचेतना अझै प्रभावकारी रूपमा नपुगेकोले यस्तो दुःखद अवस्था दोहोरिन्छ,

प्रतिक्रिया दिनुहोस्