८ असार- बाजुरा, गौमूल गाउँपालिकामा खोलाले बगाएर आज एक जना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा गौमूल–३ का ४५ वर्षीय धनबहादुर बोहरा रहेका छन ।
पूर्ववडा सदस्यसमेत रहेका बोहरालाई पानी घट्टका लागि जाँतो तार्ने क्रममा गेरेनी खोलाको बाढीले बगाएको हो ।
प्रहरी र स्थानीयले बेपत्ता बोहराको खोजी गरिरहेका छन ।
प्रतिक्रिया दिनुहोस्