अज्ञात समूहले माओवादीको बैतडी केन्द्रको पार्टी कार्यालयमा आगजनी

८ असार- बैतडी, माओवादीको बैतडी केन्द्रको पार्टी कार्यालयमा आगजनी भएको छ।

अज्ञात समूहले शनिवार साँझ साढे पाँच बजेको समयमा पार्टी कार्यालयमा आगजनी गरेको माओवादी केन्द्र बैतडीले जनाएको छ। पार्टी कार्यालयको मुख्य कार्यालयमा गरेको आगजनीले मुख्य कागजात तथा फर्निचरका सबै सामानहरू पूर्णरूपमा जलेर नष्ट भएको छ।

करिब साढे ५ बजेको समयमा आगजनी भएको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय बैतडीको प्रहरी टोली खटिएर आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्