८ असार- पर्सा, पर्सामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
बहुदरमाई नगरपालिका–५ पटनीमा गएराति बीआर ०१ पिए ४४९९ नम्बरको भारतीय टाटासुमो र नम्बर खुल्न नसकेको मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ।
मोटरसाइकलमा पछाडि सवार बहुदरमाई नगरपालिका–५ का १९ वर्षीय रोशन बर्णवाल घाइते भएका छन्।
दुर्घटनामा मोटरसाइकल चालक भारतीय नागरिक ३८ वर्षीय नरेश साह बर्णवालको मृत्यु भएको हो। दुर्घटनापछि दुवै सवारी साधनमा आगो लागेको थियो ।
घइतेको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ। घटनाको सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ।
प्रतिक्रिया दिनुहोस्