६ असार- काठमाडौं, आत्महत्या दुरूत्साहन मुद्दाका फरार प्रतिवादी भक्तपुर, भक्तपुर नगरपालिका-९ तचपाल बस्ने ३१ वर्षीय दिनेश लबजुलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत भक्तपुरको २०८० चैत २७ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष कैद सजाय र १० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर नगरपालिका-९ मालपोत नजिकबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्