सडकखण्डमा बिहीबार भएको दुर्घटनामा एक जनाको मृत्यु

६ असार- नुवाकोट, वीरगन्ज–रसुवागढी सडकखण्डमा बिहीबार भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

 

बेलकोटगढी नगरपालिका–७ कल्चेडीभीरमा ना ६ ख १०६० नम्बरको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा तारकेश्वर गाउँपालिका–३ का ४३ वर्षीय शंकरमान श्रेष्ठको मृत्यु भएको छ ।

गम्भीर घाइते भएका श्रेष्ठको ललितपुरस्थित बिएण्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। ट्रकसहित चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका–८ का ४० वर्षीय दीपक मगरलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्