सुत्केरी महिला घर अगाडि मृत फेला

६ असार- कैलाली, एक युवती मृत अवस्थामा फेला परेकी छन्।

गौरीगंगा नगरपालिका–७ को कैलाशपुरमा शुुक्रबार बिहान सोही ठाउँ बस्ने १९ वर्षीय तुलसी नाथ घर नजिकै फेला परेकी छन । जिल्ला प्रहरी कार्यालयका अनुसार नाथ मृत भेटिएको बताउँदै घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

मृत भेटिएकी नाथ सुत्केरी अवस्थाकी भएको खुुलेको छ। उनी घरको मूल गेट अगाडिको नालामा मृत भेटिएकोले अहिले घटनास्थल सिल गरेर अनुसन्धान अघि बढाइएको छ। मृतक नाथको १६ दिनको नवजात शिशु९छोरा० भने समान्य अवस्थामै भेटिएका छन।

 

मृत्युु कसरी भएको हो भन्ने बारे अहिले नै भन्न सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्